
२० फाल्गुन २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप १ सय ७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको बताइएकाे छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ ।

हालसम्म देशभर २१ लाख ७९ हजार ४७ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ सय ९५ रहेको छ ।
