
२० फाल्गुन २०७७, काठमाडौँ – सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको छ। यो सहमतिलाई बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले जानकारी दिनुभयाे।

सहमितसँगै चन्द समूह अव हिंसात्मक गतिविधिलाई छाडेर शान्तिपुर्ण तवरबाट अघि बढ्ने छ । हिंसात्मक गतिविधि गरेका कारणा केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो ।
