२२ फाल्गुन २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ६२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ । यस्तै शनिबार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभर ८ सय १७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख ८८ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *