कम्पुटर शिक्षाले रोजगारमा टेवाः निरन्तर कक्षा संचालन गर्न विधार्थीको माग (भिडियाे कथा सहित)

४ माघ २०८०/डिकेश लामा

तेस्रो मुलुक पुगेका भूटानीको संस्था पुण्य फाउण्डेशन र फेन्स क्लव लगायतको सहयोगमा खोलिएको कम्पुटर शिक्षालयमा पढेका विधार्थीहरु शीप सिकेर स्वरोजगार बन्न थालेका छन् । कम्पुटर शिक्षामा एसइइ देखि उच्च शिक्षा अध्ययन गरेका विधार्थीहरुले कम्पुटरको ज्ञान लिएर स्थानीय स्तरमा रोजगारी समेत गर्न थालेका छन् । कतिपयको अभिभावक नभएका र भएर पनि रेखदेख गर्न नसकेका बालबालिका र त्यस्ता विधार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा दिन भूटानी शरणार्थी शिविरमा शिक्षालय खोलियो । ६ महिना देखि १ बर्षे कोर्ष गरेका विधार्थीहरुले स्थानीय स्तरमा रोजगारी समेत गर्न थालेका छन् ।

ढेड सय हाराहारी शरणार्थी र स्थानीय समूदायका विधार्थीले १ बर्षको अवधिमा आधारभूत देखि कम्पुटर मर्मतको ज्ञान लिन सफल बनेका छन् । तेस्रो मुलुक पुनर्वास भएका भुटानीको सहयोगबाट संचालित निशुल्क कम्पुटर शिक्षालाई थप निरन्तरता र व्यवस्थित गर्न भुटानी शरणार्थीहरुले माग गरेका छन् ।

तर दाताको सहयोगमा शरणार्थी बस्ती भित्र खोलिएको कम्पुटर कक्षा संचालनमा आर्थिक अभाव हुन थालेको छ । यसका लागि सहयोगी हात र सवैले जिम्मेवार लिनु पर्ने शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो ।

शरणार्थीलाई रेखदेख गर्ने निकायले छाड्दै गए पछि शरणार्थी शिविरमा धेरै बालबालिका उचित शिक्षा लिनबाट बन्चित बन्दै गएका छन् । दाताहरुको सहयोगमा निशुल्क प्राविधिक शिक्षा संचालन हुँदा शरणार्थी र सो आसपास क्षेत्रका धेरैलाई टेवा पुगेको उनीहरुको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंकमा थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पाथिभरा मन्दिरमा याे बर्ष हालसम्म साढे ८ कराेड बढी भेटी रकम संकलन
Next post पार्टी पत्रकारिता बाहिरका विषयमा पत्रकार लाग्नु पर्नेमा जोड