१२ माघ २०८०, सारासन्देश समाचार – आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई  १ सय ४६ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १सय ४५ रन बनाउदा सवै विकेट गुमायाे । नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट र दिपेश कँडेलले २ विकेट लिन सफल बनेका छन्  । त्यसै गरी गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले १–१ विकेट लिएका छन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि यो खेल नेपालले जित्नै पर्ने हुन्छ । समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । अफगानिस्तानलाई हराउँन सपफल भए नेपाल खेलकाे सुपर सिक्समा प्रवेश गर्ने छ ।

त्यसैले दुवै टोलीको लागि यो ‘गर या मर’ को खेल हो। नेपालको लागि अफगानिस्तान कडा प्रतिद्वन्द्वी मानिन्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पछाडि छोडेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको पूर्ण सदस्यता पाइसकेको अफगानिस्तानसँगको भिडन्त नेपालको लागि चुनौतीपूर्ण नै हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *