दक्षिणी झापामा एकसाथ ३ वटा विओपी उद्घाटन

१७ माघ २०८०/सारासन्देश समाचार (झापा)
भारतीय सिमा सुरक्षाका लागि दक्षिणी झापामा आज एक साथ ३ वटा बोर्डर आउट पोष्ट उद्घाटन गरिएको छ । संघीयता कार्यान्वन पछि निर्माण गरिन थालेको ३५ वटा वोर्डर आउट पोष्ट मध्ये आज तेस्रो चरणमा गौरीगंज वडा नं. २ र ४ तथा कचनकवल वडा नं. ५ का पोष्टलाई कोशी प्रदेशका पूर्व मुख्य मन्त्री तथा प्रदेश सांसद हिक्मतकुमार कार्कीले उद्घाटन गर्नु भयो ।
उहाँले नेपाल भारत सिमा सुरक्षामा खट्ने सुरक्षाकर्मीलाई गाडी, इन्धन लगायत अन्य सामाग्रीमा सरकारले उचित व्यवस्थापन नगरेकाले सुरक्षा प्रवन्धमा समस्या भएको बताउनु भयो । उहाँले आफ्नो कार्याकालमा बोर्डर आउट पोष्ट निर्माणमा महालेखा परिक्षकको वेरुजु सहेर भए पनि योजना संचालन गरेको उहाँले बताउनु भयो ।
विओपी उद्घाटन गर्दै कार्कीले सरकारले सिमा सुरक्षामा जनशक्ति मात्र परिचान नगरी उनीहरुलाई आवश्यक पर्ने साधान र अन्य कुराहरु समेत पुरा गर्ने तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । सिमा सुरक्षाका लागि ३ तहकै सरकारले सुरक्षा क्षेत्रलाई मजबुद बनाउनु पर्ने बताउनु भयो ।
यस्तै कार्याक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सिमा सुरक्षामा निशुल्क जग्गा दान गर्ने दाताहरुलाई धन्यवाद दिनु भएको छ ।
यस्तै कार्याक्रममा ३ वटा वोर्डर आउट पोष्टलाई ५ देखि ८ कठ्ठा जमिन उपलव्ध गराउने जग्गादातालाई सम्मान प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, शसस्त्र प्रहरी बल नेपाल नं. १ बराहका बाहिनीपति तथा शसस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेलले सम्मान गर्नु भएको छ । ३ वटा विओपी तोकिएको समयमा निर्माण गर्न झण्डै २ करोड ७० लाख खर्च भएको छ ।
पोष्ट निर्माणले बर्षौं देखि चोरी डकैतीको समस्यामा रहेको दक्षिणी झापाका गाउँमा ठूलो राहत पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा आगामी माघ २८ देखि पाँचौ दमक महोत्सव हुने
Next post प्रविधिमैत्री अध्यापनले सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्दो (फाेटाे फिचर)