झापामा समूहमा सोनाम ल्होछार (फाेटाे फिचर)

२७ माघ २०८०/झापा

यस अघि घरघर थोरै जमातमा मनाउने सोनाम ल्होछार झापाका धेरै तामाङ जातिले यस बर्ष ठूलो समूहमा मनाएका छन् । मञ्जुश्री सम्बत् २८६० औं डुक ल्हो अर्थात गरुण बर्ष लागेको अवसरमा तामाङ जातिले सामुहिकरुपमा नयाँ बर्ष ल्हो सार मनाएको नेपाल तामाङ घेदुङ संघका अगुवा हरि लामा पाख्रिनले जानकारी दिनु भयो ।

राणाकालिन राज्य व्यवस्थामा पर्व मनाउन नदिएर थिचिएका नेपालको ५ औं ठूलो जनसंख्या रहेको तामाङ जातिले बर्षेनी ल्होछार पर्वलाई व्यवस्थित र विकास गर्दै लगेका छन् । यो बर्ष पनि झापा जिल्लामा विभिन्न स्थानमा समूहमा भेला भएर ल्होछार मनाइएको दमक नगरपालिका वडा नं. ९ को चन्द्रपार्कमा सामुहिक पर्व आयोजना गर्ने नेपाल तामाङ घेदुङ दमक नगर समितिले जानकारी दिएको छ ।
यस्तै भूटानी शरणार्थी शिविरमा रहेको बौद्ध गुम्बा परिसरमा समेत स्थानीय समूदाय र शरणार्थीहरुले साझारुपमा ल्होछार मनाएका छन् । बर्षेनी शरणार्थीको संख्या घट्दै गए पछि स्थानीय दमक वडा नं. ३ का तामाङहरुले समेत सामुहिकरुपमा ल्होछार मनाउँदै आएको नेपाल तामाङ विकास समाजका अध्यक्ष दिलबहादुर तामाङले बताउनु भयो । यस बाहेक झापाको अर्जुनधारा, विर्तामोड, कन्काई, शिवसताक्षी लगायतका पालिका पनि सामुहिक रुपमा ल्होछार मनाइएको छ ।

ल्होछार खासगरी हिमाली जिल्लामा बसोवास गर्ने शेर्पा, जिरेल, गुरुङ, वालुङ, ह्योल्मो, तामाङ लगायतका २ दर्जन बढी जातिहरुले मनाउने गर्दछन् । ल्होसारमा ठूलोबाट आर्शिवाद लिने, जातिय परिकारहरु बनाएर खाने र भाषाभाषीका गीत तथा नृत्यमा रमाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमतिः पूर्ननामकरणमा पहल थालिने
Next post महिलाको अगुवाइमा थालिएको विऊ उद्योगबाट झण्डै १ करोड नाफा (फाेटाे फिचर)