यही फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा हुने

३ फाल्गुण २०८०, काठमाडौँ– ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।

परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा १ हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो । शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएकाे र पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्ने गरी प्रबन्ध मिलाइएकाे उहाँले बताउनु भयाे । एक दिनमा ५ सिफ्टमा परीक्षा दिने गरी व्यवस्था मिलाइएकाे छ ।

अघिल्लाे बर्षमा भएकाे परीक्षाकाे तस्बीर

परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ ।

परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले बताउनुभयो । परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६४ हजार ७ सय १६ जनाले आवेदन दिएका जनाइएको छ । काेरियन भाषाकाे विषयमा यस अघि काठमाण्डाैंमा भएकाे झडपमा २ जना युवाकाे ज्यान समेत गएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहले थाल्यो अन्तर सम्बन्ध रहेको फापर र तोरीसँगै मौरी पालनमा जोड (फाेटा फिचर)
Next post सरस्वतीकाे मुर्ती सेलाउन जाँदा झडपः राैतहटमा अनिश्चतकालिन कर्फ्यू घाेषणा