झापामा २ बर्षमा ५० हेक्टर क्षेत्रमा माछा पालन विस्तारः बर्षेनी झण्डै १८ सय मेट्रिक टन माछा उत्पादन

७ फाल्गुण २०८०/डिकेश लामा

संघीयता पछि सरकारले बर्षेनी अनुदान कार्यक्रमलाई जोड दिए पछि झापामा माछा पालनमा किसानको आकार्षण बढ्दै गएको छ । अनुदान पछि २ बर्ष यता मात्र ५० हेक्टर क्षेत्रफलमा माछा पालनका लागि पोखरी विस्तार भएको छ । ३ बर्षसम्म लगातार ६ वटा माछा ब्लक कार्याक्रम संचालन भए पछि झापामा माछा पालन प्रति किसानलाई उत्साह मिलेको छ । ब्लक संचालनमा सरकारले हालसम्म १ करोड बढी रकम ७५ प्रतिशत अनुदानमा उपलव्ध गराएको छ । जसले गर्दा माछा पालक किसानलाई राहत पुगेको छ ।

झापा जिल्लामा अहिले बार्षिक सरदर झण्डै १ हजार ८ सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । पछिल्लो समय भारतबाट आयात हुने माछा नियन्त्रण हुन थाले पछि स्थानीय किसानले उचित मुल्य पाउन सकेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य प्रमुख केदारकुमारी अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार अहिले माछा विक्री गर्ने संस्थाहरुले समेत पंगास जातको माछा प्रति केजी २६० र क्राप प्रजातिका माछा ३ सय रुपयाँ माथि विक्री गरिरहेको बताउनु भयो ।

झापामा अर्जुनधारा, गौरादह, कमल, कचनकवल, हल्दिबारी र मेची नगर नगरपालिकामा ब्लकका कार्याक्रमहरु संचालन भएका छन् । माछा ब्लक संचालन पछि न्यूनतम ६० हेक्टर क्षेत्रफलमा माछा पोखरी विस्तार भएको हुनु पर्नेछ । ब्लक संचालनले माछा विस्तार बर्षेनी बढ्दै गएको कमल गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताउनु भयो । बोहोराका अनुसार ब्लक कार्याक्रमले पालिकामा झापामै सवै भन्दा धेरै माछा उत्पादन हुने पालिकाको रुपमा चिनिन सफल भएको बताउनु भयो ।

झापामा ३ सय ६५ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ । अनुदान पाए पछि जिल्लामा बर्षेनी माछा पालनको क्षेत्र र उत्पादन समेत बढ्दै गएको पशुसेवा विज्ञ केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सशस्त्र प्रहरीले एक बर्षमा १३ करोड बढीको अवैध सामान भन्सार दाखिला
Next post बैंकमा निक्षेप सुरक्षित भएकाले हल्लाकाे पछि नलागी ढुक्क भएर कारोवार गर्न राष्ट्र बैंककाे आग्रह