काठमाण्डाैंमा ३ जना सामुहिक हत्यासँगै आत्महत्या

९ फाल्गुण २०८०, काठमाडौँ– काठमाडौँको सितापाइलामा ३ जनाकाे सामूहिक हत्या गरिएकाे छ । हत्या हुनेमा सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठ रहेका छन् । हत्या गरिएका ३ जनाकै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

नागार्जुन-६ भैरवटोलमा काजी विश्वकर्मा भनिने राजु घिमिरेले आफ्नै कोठामा हत्या गरेका श्रीमती, छोरी र नातिनीको शव केहीबेर अघि अस्पताल पुर्‍याइएको स्वयम्भू प्रहरी कार्यालयले जनाएकाे छ ।  परिवारकाे हत्या पछि त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ८ खर्बकाे आयात हुँदा ८६ अर्वकाे मात्र निर्यातः सात महिनामा ८ खर्ब व्यापार घाटा
Next post बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने झापाको विरिङ्ग खोलामा बर्षौं पछि पुल निर्माणले सहज (फाेटाे फिचर)