
२६ फाल्गुन २०७७, काठमाडौं- प्रतिनिधि सभाको शुरु भएको केही वेरमै बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
बैठक शुरुहुनासाथ सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न समयमा निधन हुनुभएका भूतपूर्व सभासद तथा वहालवाला सांसदहरुको निधनप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ । बैठकमा सहभागी हुन संसद भवन पुग्नु भएका प्रधामन्त्री केपी शर्मा ओली केहीबेर बसेर बाहिरिनुभएको छ ।
बैठकले शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक आगामी चैत्र ३ गते बस्ने कार्यक्रम रहेकाे बताइकाे छ ।
