१२ बर्षसम्म पनि पुल हुलाकी सडकमा पर्ने कन्काइ र रतुवामा पुल नबन्दा अझै हटेन जोखिम (फाेटाे फिचर)
१८ फाल्गुण २०८०/डिकेश लामा
निर्माण थालेको लामो समयसम्म पनि पुल नबन्दा दक्षिणी झापाका बासिन्दाले जोखिम यात्रा मोलेर हिड्नु पर्ने बाध्यता अझै हट्न सकेको छैन । बहुप्रतिक्षित हुलाकी सडकमा अन्तर्गत झापाको कन्काइ नदिमा १२ बर्ष अघि निर्माण थालेको पुल नबन्दा ज्यान जोखिममा राखेर हिड्नु परेको यात्रुहरुको गुनासोे छ ।
देशकै सवैभन्दा जेठो सडकको रुपमा हुलाकी सडकलाई मान्ने गरिएको छ । तर त्यहि सडकमा पर्ने कन्काइ नदिमा बर्षात डुङ्गा र हिउँदमा बाँसको पुलबाट पैसा तिरेर जोखम यात्रा गर्नु पर्ने बाध्यता बर्षौं वितिसक्दा समेत अन्त्य हुन सकेको छैन । पुल नबेकाले हिउँदमा बाँसको अस्थायी पुल र बर्षातमा डुङ्गाको भरमा यात्रा गर्दा सिटीलाई आवात जावातमै ४ सय रुपयाँ तिर्नु पर्ने धर्म ताजपुरियाले बताउनु भयो । बाँसको पुलमा सिटी तार्दा तार्दै बाँसको पुल भाँचिन खोजे पछि ठेलेर सिटी निकाल्दै उहाँले कन्काई र रतुवाको पुल नबन्दा धेरै समस्या भोग्नु परेको उहाँको भनाइ छ ।
७ सय २४ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने हो । तर लामो समय अलपत्र परेको पुल निर्माणको कामले यस बर्ष भने केही तिव्रता पाएको छ । यस बर्ष मुख्य संरचनाको काम बर्षात अगावै सक्ने गरी काम भइरहेको ठेकदार महादेव खिम्ती कम्पनिका इन्जिनियर सरोजकुमार यादवले बताउनु भयो । यादवका अनुसार मुख्य संरचनाको काम सकेर अर्को बर्ष सवै काम सक्ने दावी गर्नु भयो । पुल शुरुमा पप्पु कन्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिए पनि पप्पुले काम छाडे पछि २ बर्ष यता महादेव खिम्तीले निर्माणको काम गर्दै आएको छ ।
हुलाकी सडक खण्ड अन्तर्गत झापामा पर्ने ४८ किलो मिटर सडक पुलको एप्रोच खण्डबाहेक निर्माण सम्पन्न भइसकेको छ । तर पुल नबनेकाले दुई तर्फ खोला तथा नदिले घेरेको गौरीगंज गाउँपालिकामा आवातजावातको ठूलो समस्या अझै अन्त्य हुन नसकेको पालिकाकी अध्यक्ष फुलवती राजबंशीले बताउनु भयो । रतुवा र कन्काइमा पुल नबकेकाले दक्षिणी झापामा पर्ने गौरीगंज विकासबाट ओझेलमा पर्नु परेको उहाँले बताउनु भयो । पुल चाँडै निर्माण भए विकासले समेत गति लिने उहाँको भनाइ छ ।
हुलाकी सडक खण्डमा पर्ने ढेड दर्जन पुल मध्ये अव कन्काइ र रतुवाको पुल निर्माण हुन बाँकी छ । यी दुई पुल निर्माण सम्पन्न भए दक्षिणी झापाको विकासले गति पाउने स्थानीय बासिन्दाको भनाइ छ ।