नेपालमा आज ६६ निकाे, ९७ संक्रमित

२७ फाल्गुन २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७१ हजार १ सय १६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै, आज थप ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ४ सय ८४ जनाको गरिएको पीसीआर परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा कसैको पनि निधन भएन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६३ निको, १०५ संक्रमित
Next post कोभिड खोपः नेपालमा कोभिशील्डको पहिलो मात्रा लिएको छ सातापछि सङ्क्रमित भएकी डा. प्रतिभा पाण्डे के भन्छिन्