इलाम क्षेत्र नं. २ मा पहिचान पक्षधरको छुट्टै उम्मेद्वार

२८ फाल्गुण २०८०/झापा
इलामको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पहिचान पक्षधरले स्वतन्त्र उम्मेद्वार उठाउने भएका छन् ।
प्रदेश नम्बर एक पूनर्नामकरण संघर्ष समितिका संयोजक तथा किरात धर्म साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्रसिंह थेगिमले उम्मेद्वारी दिने तयारी थालिएको बताइएको छ । आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै यस अघि नेपाल कम्युनिष्ट पार्टी एमालेका सदस्य रहनु भएका थेगिमले लामो समयदेखि एमालेले पहिचानको मुद्धालाई उठान नगरेकाले पार्टी परित्याग गरी स्वतन्त्र तवरले उम्मेद्वारी दिने घोषणा गर्नु भयो । थेगिमका अनुसार सवै घटकको साथ सहयोगमा स्वतन्त्र तवरले उम्मेदवारी दिनुको मुख्य कारण पहिचानका लागि रक्षा र एकता भएको बताउनु भयो ।


पहिचान पक्षधरका विभिन्न ५ घटक सहित आयोजना गरिएको सम्मेलनमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारी थालिएको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेनले बताउनु भयो । याक्तेनका अनुसार यो निर्वाचनमा भाग लिने भनेको कुनै मन्त्रि तथा सांसद हुने भन्दा पनि पहिचानको मुद्धालाई उठाउनका लागि गरिएको तयारी भएको उहाँले बताउनु भयो । पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको देहान्त पछि इलाम क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको निर्वाचन हुने तय भएको हो ।


आगामी वैशाख १५ गते इलाममा प्रतिनिधिसभा सदस्य र बझाङमा प्रदेशसभा सदस्यको उपनिर्वाचनको तयारीका लागि देशभर वैशाख १४ गतेसम्म १८ बर्ष उमेर पुगेकाको मतदाता अद्यावधिक गर्न निर्वाचन आयोगले प्रेश विज्ञप्ती जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मेशिनबाटै चैते धान रोपाईले किसानलाई सहजः शिवसताक्षीका किसानले याे बर्ष तेब्बर चैते धान खेती गर्दै
Next post नियन्त्रणकाे प्रयास जारीः १५ घण्टामा पनि प्लाइ उद्याेगमा लागेकाे आगाे नियन्त्रण हुन सकेन