गौरादहमा घरेलु शीपको प्रदर्शनी र पुरस्कार (फाेटाे फिचर)

३० फाल्गुण २०८०/बालदिवश तामाङ
झापाको गौरादहमा पराम्परागत शीपबाट सामान बनाउनेहरुलाई आज पुरस्कृत गरिएको छ । नगर स्तरीय खुल्ला शीप प्रदर्शनी कार्याक्रमको आयोजना गरी स्वरोजगार बन्न व्यवसायिकरुपमा घरेलु उद्योग संचालन गरी सामान बनाउनेहरुलाई नगद सहित पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा प्रथम बाँसको सामान बनाउने गौरादह वडा नं. १ का पासाङ्ग शेर्पा, सुनपाटको झोला तथा झल्ला बनाउने हुने गौरादह वडा नं. ६ की कमला ताजपुरिया, तेस्रो हुनेमा पराल र पातको घरेलु सामान बनाउनु हुने गौरादह वडा नं. ६ की फरिता बस्नेत तथा सान्तवामा गौरादह नगरपालिका वडा नं. २ की निरा कटुवाल रहनु भएको छ । उहाँहरुलाई क्रमश नगद ३ हजार, २ हजार ५ सय र २ हजार सहित प्रमाण पत्रले आयोजक जानकीश्वर सृजनशील महिला समूहकी अध्यक्ष अम्बिका पौडेलले सम्मान समेत गर्नु भएको छ ।

कार्याक्रममा नगरपालिकाकी उपप्रमुख तथा कार्याक्रमकी प्रमुख अतिथि जलबर्षा राजवंशीले अव महिलाहरुले शीपको विकाससँगै समाजमा अग्रभागमा बढेर काम गर्नु पर्ने बताउनु भयो । सरकारले अनुदानमा दिएको मेशिन, तालिमको सदुपयोग गर्नेहरुलाई अझै व्यवस्थित गरी बजारीकरणमा समेत सहयोग गर्ने उहाँले बताउनु भयो ।

कार्याक्रममा पूर्व नगरपालिका प्रमुख रोहित शाह, उपप्रमुख गीता भेटवालले आफूहरुको पालैबाट शीप विकासमा गरिएको प्रयास फलदायी बन्दै गएको बताउनु भयो ।
नगरपालिकाको ५० हजार रुपयाँ आर्थिक सहयोगमा भएको कार्याक्रममा अधिकांश महिलाहरुको सहभागिता रहेको छ । ३८ वटा स्टलमा प्रदर्शन भएको कार्याक्रममा महिलाहरुले घरेलु पराल, पात, सुनपाट, बोरा, कपडाबाट बनाइएका सामाग्रीसँगै आधुनिक डिजायनका श्रृगारिक गरगहना र घरायसी सामाग्री प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नियन्त्रणकाे प्रयास जारीः १५ घण्टामा पनि प्लाइ उद्याेगमा लागेकाे आगाे नियन्त्रण हुन सकेन
Next post प्रधानमन्त्री दाहाललाई आज तेस्राे पटक विश्वासकाे मत प्राप्त