५ चैत्र २०८०, झापा– दलित समुदायका महिलालाई लक्षित गरि बिर्तामोडमा  आज नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ ।
नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले १० नं. वडा छुवाछुत मुक्त रहेको बताउँदै जात वा थरकै आधारमा कसैले पनि आफूलाई कमजोर नठान्न सुझाव दिनु भयाे ।  केही गर्न सक्छु भन्ने इच्छाशक्ति आफूभित्रै जागृत हुनुपर्नेमा जोड दिंदै अध्यक्ष गुरुङले सबैले समान रुपमा अघि बढ्न प्रयास गर्नुपर्नेमा हरेक व्यक्ती सक्रीय हुनु पर्ने बताउनु भयाे ।

सहभागकाी तर्फबाट बेबिका कार्की डोली, युनिसा दर्नाल, मुना विक,मनमाया नेपाली लगायतले दलित महिलालाई अघि बढाउने प्रकृतिका कार्यक्रम ल्याउन माग समेत गरेका छन् ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता भएकाे कार्यक्रममा वडासदस्यहरु पृथ्वीबहादुर बस्नेत, धनमाया श्रेष्ठ, दिपिका शिवा, १० नं. वडा महिला सञ्जालकी अध्यक्ष खिलेश्वरी पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *