कमलमा कृषि प्रदर्शनी कार्याक्रमः मेशिनबाट धान रोपाईं बर्षेनी बढ्दै (फाेटाे फिचर)

९ चैत्र २०८०/झापा
झापाको कमल गाउँपालिकामा आज कृषि प्रदर्शनी कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाई गरिएको छ । कमल वडा नं. १ को बालुबाडी कृषक समूहले १० विगाह क्षेत्रमा सामुहिक धान रोपाई गरिएको छ ।
औपचारिक कार्याक्रम गरी थालिएको कृषि कार्याक्रममा पालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले धान रोप्ने मेशिनबाट धान रोपेर कार्याक्रम गरिएको छ । कार्याक्रममा अध्यक्ष राईले अव पालिकाको विकासमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताउनु भयो । उहाँले कृषिमा यान्त्रिकरणका लागि आवश्यक मेशिन खरिदमा उच्च प्राथमिकता दिई किसानको कृषि जीवनलाई माथि उच्चाल्ने प्रयास थालिने बताउनु भयो ।
यस्तै उपाध्यक्ष तिवारीले कृषि क्षेत्रमा कमल गाउँपालिकाले वितरण गरेको कृषि औजारको व्यवस्थापन गर्दै नयाँ प्रविधिमा समेत सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा कृषक समूहको प्रगतिका लागि वडा नं. १ का अध्यक्ष केदार कटुवालले पालिकाले कृषि क्षेत्रको विकास किसानले समेत उत्साहित भएर लाग्नु पर्ने बताउनु भयो ।
कमल गाउँपालिकाले ३ बर्ष देखि लखनपुर साना किसान कृषि सहकारी संस्थाको २५ र प्रदेश तथा स्थानीय सरकारको ७५ प्रतिशतमा धान रोप्ने मेशिन खरिद गरी धान रोपाई गर्दै आएको छ । शुरुमा धान रोप्न प्रोत्साहन गर्न धेरै खर्च गर्नु पर्ने अवस्थामा अहिले मेशिनलाई भ्याई नभ्याइ काम गर्नु पर्ने अवस्था सृजना भएको सहकारीका प्रबन्धक टंकप्रसाद पराजुलीले बताउनु भयो । यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यल पालिकामा धान रोप्ने मेशिनको माग अधिक बढ्दै गएकाले आगामी दिनमा थप मेशिनको व्यवस्था गरिने बताउनु भयो ।
कार्यक्रममा कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेल, रमा रेग्मी तथा कृषि क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टमाटर खेतीबाट राम्रो आम्दानीः १० कठ्ठामा ७ लाखको कारोवार (फाेटाे फिचर)
Next post महागुरु फाल्गुनन्दको समाधी स्थलमा शालिक नराख्न आग्रह