जंगली हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु श्रीमान् घाइते

१४ चैत्र २०८०/झापा
सँगै घाँसदाउरा गर्न गएको वेला झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ का दम्पतिमाथि जङ्गली हात्ती आक्रमण गर्दा श्रीमतिको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट श्रीमान् पनि गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा शिवसताक्षी ११ वस्ने ६० बर्षीय पबित्रा भेटवाल रहनु भएको छ । मृतकका श्रीमान् ६२ बर्षीय दिलिप भेटवाल भने हात्तीको आक्रमणबाट गम्भीर घाईते भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार अपरान्ह पाउने ५ बजे तिर शिवसताक्षी नगरपालिकाको रतुवामाइ बृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएको समय हात्तीले आक्रमण गरेको थियो । मृतकको सनाखत गरी आवश्यक कार्वाही बढाइएको छ भने घाईते भेटवालको उपचारका लागी विर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाको पत्रकार महासंघ सर्वसम्मतिबाट बनाउने प्रयास थालिने
Next post पशु पालक किसान दाेहाेराे मारमाः लम्पीले कोशी प्रदेशमा ११ हजार बढी पशुको मृत्यु