पत्रकार महासंघको झापाकाे कार्यालयमा झण्डोताेलन

१६ चैत्र २०८०, झापा– नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार महासंघ झापाको बिर्तामोडस्थित कार्यालय भवनमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक चन्द्र किशोर र महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले झण्डोत्तोलन गर्नु भएकाे छ ।
झण्डोत्तोलनपछि संक्षिप्त समारोहमा बोल्दै चन्द्र किशोरले नेपाली पत्रकारिता अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै जुनसुकै परिस्थितिमा पनि पत्रकारले तल्लाे तहका पक्षमा आवाज उठाइरहनुपर्ने बताउनु भयाे । पछिल्लाे समय शक्तिकाे पछि पत्रकारिता प्रभावित बनाउन थालिएकाले यस प्रति सवै सचेत हुनु पर्ने उहाँले बताउनु भयाे । उहाँले पछिल्लो समय पत्रकारहरु स्थानीय सत्ताप्रति मौन रहँदा धेरै विकृति मौलाएकोतर्फ संकेत गर्दै स्थानीय सत्ताका कमजोरीप्रति तेजिलो प्रश्न गरेर खबरदारी गर्नु पर्ने बताउनु भयाे ।


पूर्व अध्यक्ष आचार्यले पत्रकारलाई संगठित गरी गर्विलो इतिहास कायम गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्नु भयाे ।
स्थापना दिवसकै सन्दर्भमा महासंघ झापा शाखाले अध्यक्ष गिरीको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संविधानसभा सदस्य सहित गाउँनै केरा खेतीमा आकार्षित (फाेटाे फिचर)
Next post झापामा रैथानेबाली विस्तारमा किसान उत्साहित