खानेपानीमा लोकतान्त्रिक प्यानलको बहुमत

२४ चैत्र २०८०/झापा

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा पुनः लोकतान्त्रिक प्यानलको बहुमत आएको छ । दमकमा रहेको खानेपानी तथा सरसफाई संस्थाको निर्वाचानमा दुई खेमामा विभाजित भइ सम्पन्न निर्वाचनमा काँग्रेस प्यानलबाट ७ जना विजयी बनेका छन् । यस्तै एमाले प्यानलबाट २ जना विजयी बनेका छन् ।

बाम गठबन्धनमा नेकपा एमाले, माओवादी, समाजवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको प्यानल बनेको थियो । यस्तै काँग्रेस, राप्रपा र संघीय लिम्बुवान प्रान्तीय मंचको अर्को लोकतान्त्रिक प्यानल बनेको थियो ।

६ हजार २ सय ८२ मतदाता रहेको संस्थामा कुल मतको ६९ दशमलव २६ प्रतिशत मत खसेको थियो । रातीबाट गणना भएको मतपरिणाम आज सार्वजनिक भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

५ बर्षमा हुने निर्वाचनमा निर्वाचति बहुमत प्यानलबाट अध्यक्ष सहित अन्य समिति गठन गर्ने खानेपानीको विधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उपनिर्वाचनका लागि इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी दर्ता
Next post स्थानीय सरकारको अनुगमनः गाैरादह उत्कृष्ट