झापामा यस बर्ष तोरी खेती र उत्पादनमा बृद्धि (फाेटाे फिचर)

२९ चैत्र २०८०/डिकेश लामा

झापा जिल्लामा यस बर्ष तोरी खेती र उत्पादन समेत बढेको छ । बजारमा पाइने आयतित तेल प्रति उपभोक्ताको विश्वास घट्दै गए पछि माग बढेसँगै तोरी खेती र उत्पादन समेत बढेको हो । झापाको दमक बजारमा ५ दशक देखि व्यवसाय गर्दै आउनु भएका रामकृष्ण शाहले २ बर्ष अघिसम्म तोरी विक्री गर्न खासै पाउनु हुन्न थियो । किसानले तोरी उत्पादन नगर्ने र उपभोक्ताले पनि बजारकै तेल प्रयोग गर्नाले तोरीको व्यापार थिएन । तर पछिल्लो समय उहाँले एक सिजनमा १ देखि ढेड सय मन तोरी विक्री गर्न थाल्नु भएको छ ।
शाहका अनुसार २ बर्ष अघिसम्म बर्षमा दुःख १० देखि १५ मन तोरी विक्री हुन्थ्यो । बजारमा तोरीको माग बढेसँगै तोरीको मुल्य समेत बढेको छ । जसले गर्दा किसानले समेत उत्पादन बृद्धि गर्न थालेको उहाँले बताउनु भयो ।

बजारको तोरीको तेल भन्दा गुणस्तर र शुद्ध हुने भए पछि बजार क्षेत्रका बासिन्दाले समेत तोरी खरिद गर्ने र आफै तेल पेलेर खाने चलन बढेको छ । जसले गर्दा किसानले समेत तोरी खेती विस्तार गर्दै लगेको उनीहरुले बताएका छन् । यस बर्ष तोरी खेतीका लागि उन्नत विऊ उत्पादनमा गौरादह नगरपालिकाले अनुदानमा तोरीको विऊ उत्पादन गरेको छ । यस्तै दमक, कमल, शिवसताक्षी लगायतका पालिकाले समेत अनुदानमा तोरी खेती प्रवर्धन गरेको दमक नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनु भयो ।

पछिल्लो समय झापाका धेरै स्थानीय तहले तोरी खेती प्रवर्धनका लागि अनुदानका कार्याक्रम समेत गर्न थालेका छन् । यस्तै उपभोक्ताले समेत शुद्ध तेलको प्रयोग गर्ने चलन बढ्न थाले पछि हिउँदमा बाँझो रहने कतिपय जमिनमा समेत खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार केही बर्ष अघिसम्म अधिक बाँझो रहने जमिन पछिल्लो समय खेती गर्न थालिएको छ ।

झापा जिल्लामा २ बर्ष यता झण्डै दोब्बर क्षेत्रफल ६ हजार हेक्टरमा तोरी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बर्षेनी यसरी खेती विस्तार हुँदै जाने हो भने झापा जिल्ला तेलहनबालीमा आत्मानिर्भर हुने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा भएकाे आगलागीमा अढाइ करोडको क्षती (फाेटाे फिचर)
Next post औधोगिक क्षेत्रमा अवलोकन शुरुः चाइना नेपाल फ्रेण्डशीप औधोगिक पार्क बन्ला त ?