प्रदेशमै पहिलाे वाटर पार्क संचालनमा

२९ फाल्गुन २०७७,झापा
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिले बजार क्षेत्रमा प्रदेश नम्बर एकमै पहिलो पटक पानीको खेल्ने परिकार रहेको बृहत पार्क संचालनमा ल्याइएको छ । ४२ करोड लगानी लागेको वाटर किङ्गडम पार्क राजकुमार संग्रौलाको एकल लगानी भए पनि संचालनका लागि व्यवसायी देखि सामाजिक व्यक्तित्व समेत राखेर संचालन थालिएको छ । झण्डै अढाई विगाह जग्गा क्षेत्रफलमा निर्माण गरिएको पार्कमा प्रवेश गरेको एक सय रुपयाँ टिकट तोकिएको छ । तर पार्कमा रहेका परिकारको प्रयोगका लागि ३ सय देखि ४५ हजारसम्म रहेको आज पार्क सम्बन्धी जानकारी गर्न गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मेनुका देवी सिटौलाको अध्यक्षतामा संचालनमा ल्याइएको पार्कमा ९ प्रकारका विभिन्न पानी परिकार तथा जिपलाइन, साकिलिङ्ग लगायत रमाइलो गर्ने खेलहरु समेत राखिएको पार्कका कार्यकारी निर्देशक संग्रौलाले बताउनु भयो । संग्रौलाका अनुसार वैशाखसम्म सम्पूर्ण रुपमा संचालन आउने पार्कमा दर्जनौले रोजगारी समेत सृजना गर्ने बताउनु भयो । पार्क संचालनका लागि १३ सदस्यीय संचालक समिति समेत गठन गरिएको छ ।


सम्मेलन कार्याक्रमका प्रमुख अतिथि रहनु भएका वडा नं. ८ का वडा अध्यक्ष केहर सिंह बस्नेतले वाटर पार्क नगरको मात्र नभई पूर्वी नेपालकै गहना भएको र यसको संचालनमा सवैले सहयोग गर्नु पर्ने बताउनु भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा दुई वटा ज्योति एकैसाथ लोकार्पण
Next post सातौं दमक फुड फेस्टिवल सम्पन्नःपत्रकार उप्रेती सम्मानित