१५ वैशाख २०८१ बझाङ– बझाङ जिल्लाकाे निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा करीब ५० प्रतिशत मतदान भएको छ । यस अघि बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो । बझाङ प्रदेशसभा उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता रहेका छन् ।
बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले भोली बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
