उपनिर्वाचनमा दुवै स्थानमा एमालेको जीतः सुहाङ र दमन विजयी

१८ वैशाख २०८१/सारासन्देश समाचार
इलाम र बझाङको उपनिर्वाचनमा एमाले पार्टीले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेशका उम्मेद्वार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै २७ हजार ७ सय ७२ मत ल्याएर सुहाङ नेम्बाङ विजयी बनेका छन् ।
यस्तै बझाङमा पनि एमाले पार्टीका उम्मेद्वार दमनबहादुर भण्डारी विजयी बनेका छन् । भण्डारीले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका अभिषेक बहादुर सिंहलाई २ सय ६७ मतान्तरमा विजयी बन्नु भएको हो । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधिसभाको निर्वाचन रहेकाले इलामको उपनिर्वाचनलाई चासो दिइएको थियो । इलाममा तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नु भएको छ । यस्तै ५ हजार ५० मत प्राप्त गर्नु भएको छ ।
इलाम क्षेत्र नं. २ का यस अघि भएको निर्वाचनमा सुवास नेम्वाङ विजयी बन्नु भएको थियो । उहाँको भदौ महिनाको २७ गते २०८० मा ७० बर्षको उमेर निधन भए पछि सो क्षेत्र खाली रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकारहरु निष्पक्ष र स्वास्थ्य प्रतिष्पर्धामा उत्रनु पर्छः सभामुख घिमिरे
Next post गोली प्रहारबाट विधार्थी घाइते