झापामा बाढीले ७ घर विस्थापितः दर्जन बढी घरहरु डुबान र पहिराेमा

तस्बीरःअघिल्लाे बर्षकाे फाइल

४ जेष्ठ २०८१/झापा
केही दिन यता परेको अविरल बर्षाका कारण झापामा ९ घर परिवार विस्थापित भएका छन भने दर्जन बढी घरहरु डुवानमा परेका छन् । खासगरी दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं. ५ खुट्टागंजका ४ घर परिवार बाढी पसेर विस्थापित भएका छन् । उनीहरुलाई वडा सदस्य प्रभा राजवंशीको घरमा शरण मिलाई अस्थायी बसोवासको व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता झापा गाउँपालिका वडा नं. ६ युवा टोलमा बाढी पसेर डुवान हुँदा ४ घर परिवार विस्थापित बनेका छन् । बाढीले घर डुवाएसँगै उच्च जोखिम बने पछि ४ घरका १७ जनालाई स्थानीय केदार श्रेष्ठको खाली घरमा स्थान्तरण गरिएको छ । यता अर्जुनधारा नगरपालिका वडा नं. २ मा १० वटा घर डुबान परेका नेपाल रेडक्रस साेसाइटी झापाले जानकारी दिएकाे छ । यसै गरी साेही वडाकाे लाप्चेटारमा पुष्पा समाल मगरकाे घर पहिराे क्षति गरेकाे छ ।
बाढीका कारण दक्षिणी झापाका दर्जन बढी गाउँहरु बर्षेनी जोखिममा पर्दै आएका छन् । यस बर्ष उचित बजेट नआउँदा निर्माणधीन बाँधले पूर्णता नपाउँदा थप जोखिम बढेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा आज भएको दुर्घटनामा १ जनाको मृत्युः २१ जना घाइते
Next post शहिद गेट भत्काउँदाको विकल्प खोज्नु पर्ने माग