भद्रपुर भन्सारमा लक्ष्य भन्दा दोब्बर राजश्व असुली

२१ असार २०८१/झापा

झापामो नयाँ भन्सारको रुपमा संचालित भद्रपुर भन्सारले यो बर्ष दोब्बर राजश्व असुली गरेको छ । पूर्वी नेपालका ठूला भन्सारबाट राजश्व असुली घट्दै गएको अवस्थामा ५ बर्ष देखि संचालनमा आएको भद्रपुर भन्सार कार्यालयले भने यो बर्ष लक्ष्य भन्दा दोब्बर राजश्व संकलन गरेको छ ।

छोटी भन्सारबाट भन्सारमा स्तरोन्नती भएको भद्रपुर भन्सारबाट अघिल्लो बर्ष ९ करोड रुपयाँ हाराहारीमा भन्सार असुली भएको थियो । मेचि भन्सार पछि झापाको सानो भन्सारको रुपमा संचालनमा रहेको भन्सारबाट यो बर्ष ११ महिनामा नै २२ करोड बढी राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत अमित तिवारीले बताउनु भयो ।

तिवारीका अनुसार गत बर्ष १० करोड हाराहारीमा मात्र भन्सार असुली भएकोमा यो बर्ष दोब्बर बृद्धि भएको उहाँले बताउनु भयो ।

ठूलो गाडीहरु खासै नचल्ने भन्सारमा साना अटो रिक्सा तथा साईकलबाट धेरै सामानहरु आउने गर्दछन् । भारतको गलगतियामा छोटी भन्सार मात्र रहेकाले निर्यात भने हुने गरेको छैन । भद्रपुर भन्सारबाट खाद्यन्य, तत्ता, कपडा, मेशिनरी सामान र प्लाइ उद्योगमा प्रयोग हुने केमिकल्स आयात हुने भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा कृषि कार्यको अनुगमन
Next post हिलोमा पनि धान काट्ने नयाँ चेन प्रविधिको मेशिनले किसानलाई सहज