२ साता नवित्दै नेपालमा अर्काे हवाइ दुर्घटनाः पाँच जनाकाे मृत्यु

२३ साउन २०८१, काठमाडौँ दुई साता नवित्दै पुनः  आज अर्काे हवाइ दुर्घटना भएकाे ।  नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७  शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको थियो । विमानमा चार जना चिनियाँ नागरिक रहेका थिए ।  उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनु भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हुलाकी सडकको विजोगः १६ बर्षसम्म पनि पुल नबन्दा अझै डुङ्गाको भरमा यात्रा
Next post प्राङगरिक मल कारखाना संचालन गर्दै कमल गाउँपालिका (फाेटाे फिचर)