काेशी प्रदेश पर्यटन बर्ष २०८२ का लागि सिमापार पर्यटन प्रवर्धनमा जाेड

५ असोज २०८१/डिकेश लामा

कोशी प्रदेशले सिमापार पर्यटनका सम्भवनाहरुको खोजी गर्न थालेको छ । आगामी २०८२ साल कोशी प्रदेश भ्रमण बर्ष मनाउने तयारीका लागि भारतका पर्यटन व्यवसायी र अभियन्तासँग छलफल थालेको छ । झापाको पर्यटन कार्यालय काँकडभिट्टाले गएकाे मंगलबार दुई देशीय पर्यटन व्यवसायी र अभियन्ताबीच अन्तकृया गरेको छ । साे अवसरमा भारतीय अभियन्तालाइ सम्मान समेत गरिएकाे छ ।कोशी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा भारतीय पर्यटकलाई कसरी आकार्षण गर्ने र त्यसका लागि सरकारले के गर्ने भन्ने विषयमा आफूहरु लागेको पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार आगामी २०८२ लाई सफल बनाउन स्थानीय सरकार र व्यवसायी पनि त्यतिकै सक्रीय हुनु पर्ने बताउनु भयो ।


भारतले पछिल्लो समय छिमेकी तथा तेस्रो मुलुकका पर्यटकलाई लोभ्याउन साँस्कृतिक महोत्सव र स्थानीय स्तरमा ग्रामिण पर्यटन व्यवसायलाई जोड दिँदै आएको छ । अतिथिलाई विना झंझट सुरक्षित तवरले मनोरञ्जन दिन सके पर्यटक बढ्न सक्ने पछिल्लो समय ग्रामिण पर्यटन व्यवासायमा लाग्नु भएका भारतीय फुटवलका पूर्व कम्तान पध्मश्री पुरस्कारबाट विभुषित भाइचुङ भुटियाले बताउनु भयो ।


कार्याक्रममा इलाम र झापाका विभिन्न स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले आर्थिक सम्मृद्धिका लागि वाताबरणमैत्री पर्यटनमा ध्यान दिन थालेको बताएका छन् । सरकारको नीति तथा कार्याक्रममा पर्यटन व्यवसायीले सहयोग गरे कोशी प्रदेश पर्यटन बर्ष २०८२ सफल बनाउन सकिने पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार भारतका पर्यटन क्षेत्रका अभियन्ता लगायतको सहयोगमा आगामी बर्ष अधिकत् भारतीय पर्यटक भित्राउने प्रयास थालिने बताउनु भएको छ ।

पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पछिल्लो समय ग्रामिण पर्यटनका लागि होम स्टे समेत संचालन हुन थालेका छन् । स्थानीय बस्तुको विभिन्न ब्राण्डलाई प्राथमिकता दिने हो भने पर्यटकको आकार्षणसँगै आर्थिक उपार्जनमा टेवा पुग्ने पर्यटन व्यवसायीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
Next post चाडबाड लक्षित तरकारी खेतीमा किसान व्यस्त (फाेटाे फिचर)