१० असाेज २०८१, सुनसरी– कोशी ब्यारेजको ३४ र ३५ नम्बर ढोका छेउमा यात्रुबहक बस नदीमा खसेको छ । साँझपख खसेकाे बसकाे दुर्घटनमा २० जना यात्रुको उद्धार भइसकेकाे छ । घाइतेहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ ।
विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बसमा कतिजना यात्रु थिए भन्नेसमेत स्पष्ट हुन नसकेको उद्दारमा खटेका सुरक्षाकर्मीले जनाएका छन् ।