सक्षम बने हिंसा कम हुन्छः भूटानी महिलाहरू कराते खेल सिक्दै (भिडियाे कथा)

१३ असोज २०८१/दमक, झापा
तेस्रो मुलुक पुगेका भूटानी अमेरिकी युवाहरुको सहयोगमा शरणार्थी बस्तीमा हिंसाबाट बच्न र स्वास्थ्य सुधारका लागि महिलाहरुलाई खेल तालिम प्रदान गरिएको छ ।
आत्मा रक्षा र मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित भुटानी शरणार्थी बस्तीका महिलाहरुलाई कराते खेलसँगै ३ दिने उत्पेरणा तालिम सम्पन्न भएको छ । तेस्रो मुलुक पुगेका भुटानीहरुको संस्था सेजल एण्ड सिस्टरको सहयोगमा महिला हिंसा न्यूनिकरण र आत्मारक्षाका लागि तालिम प्रदान गरिएको आयोजक भुटान कराते एशोसियशनका अध्यक्ष नरबहादुर गुरुङ्गले बताउनु भयो ।


कार्याक्रममा झापा जिल्ला खेलकुद विकास समितिका प्रमुख विष्णुकुमार नेम्बाङ्ग, वेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बा, कराते खेल प्रशिक्षक मिना पाठकले ३ दिने तालिमले महिलालाई शारीरिक स्वास्थ्यसँगै घरेलु हिंसा न्यूनिकरणमा समेत टेवा पुग्ने बताएका छन् ।


३ दिनसम्म गरिएको तालिमलाई लामो समयसम्म नियमित संचालन गर्न सहयागी भूटानी शरणार्थी महिलाहरुले माग गरेका छन् ।
तालिममा प्राविधिक सहयोग गर्ने र खेलका कोच तथा प्रशिक्षकलाई सम्मान समेत गरिएको छ । यस्ता कार्यक्रमले एक्लिदैँ गएका भूटानीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत सुधार आउने सहभागीको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विपदबाट १३२ जनाकाे मृत्युः काेशी प्रदेशमा सवैभन्दा धेरै विस्थापित झापामा(ड्राेन फाेटाे फिचर)
Next post विपदले २०५ जना मानिसकाे मृत्युः अझै ३३ जना वेपत्ता