२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा

१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।झाका अनुसार गएकाे बर्षा जस्ताे अातिनु पर्ने गरी बर्षा हुँदैन । महाशाखाले मंगलबार साँझ जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख गरेकाे छ ।

कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने माहाशाखाले अनुराेध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)
Next post चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)