नेपालमा आज ९० जना निकाे १४५ संक्रमित

११ चैत्र २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता समीरकुमार अधिकारीले देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।

सोही अवधिमा थप १ जनाको मृत्यु भएको छ । मृतकको संख्या हालसम्म ३ हजार ३२ रहेको छ । पीसीआर परीक्षण भने २२ लाख ४८ हजार ९ सय ९३ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वर्णलक्ष्मीबाट पत्रकार राई सहित उत्कृष्ट सहकारीकर्मी सम्मानित
Next post नेपालमा आज ८५ डिस्चार्ज हुँदा १२० संक्रमित थपिए