संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)

३ कार्तिक २०८१/दमक, झापा
स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै गएको विभिन्न रोगको संक्रमणमा सचेतना जागृतिका लागि स्वास्थ्यकर्मीले प्रविधिमैत्री संचारकला अनिवार्य सिक्नु पर्ने भएकाले त्यस तर्फ आफूहरु लागेको आम्दा नेपालका सहसचिव डा. नविन ढकालले बताउनु भएको छ ।
ढकालका अनुसार संचारकलाले नै विरामीको उपचारमा समेत ठूलो टेवा पुग्छ । चिकित्सको बोलीबचन राम्रो भएमा विरामीको उपचारमा ठूलो प्रभाव पार्ने उहाँले बताउनु भयो ।


आम्दा अस्पताल दमकमा ५ दिने संचार कला कार्याशालाको आज भएको समापन कार्याक्रममा संचारकर्मी, डाक्टर र प्राविधिकले प्रभावकारी उपचार र सेवाका लागि सूचना र संचारको व्यवस्थापन महत्वपूर्ण हुने बताएका छन् । कार्याक्रममा संचारकर्मी गिरीराज भट्टराईले संचारकला स्वास्थ्यकर्मीका लागि महत्वपुर्ण हुने भएकाले तालिम पछि पनि सँधै अपडेट रहने गरी ज्ञान लिनु पर्ने बताउनु भयो ।


संचारकर्मी डिकेश लामा दिनु भएको कार्याशालाको समापनमा सहभागीद्वय नर्स चन्द्र आङबो र अमितराज पाण्डेले संचार गर्ने कलाले आगामी दिनमा थप प्रभावकारी कार्य सम्पादनमा टेवा पुगेको बताएका छन् । कार्याक्रमका सभापति आम्दा अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर प्रकाश शर्माले अस्पतालको सेवा र अन्य गतिविधिलाई प्रभावकारी बनाउन अस्पतालका ३० जना डाक्टर सहितका कर्मचारीले तालिम लिएको बताउनु भयो ।
कार्याक्रममा संचारकर्मी तथा प्रशिक्षकलाई मायाको चिनो समेत वितरण गरिएको छ । नर्शिङ विभागका प्रमुख पुनव गउरोको सहयोगमा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको कार्याक्रम संचालक नर्श स्वेता सिंखडाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रास्वपा सभापति रवि लामिछाने पक्राउ