मावा पुल नजिकै झगडा हुँदा दमकका एक यूवाको हत्या

६ कार्तिक २०८१/झापा

झापाको दमकमा मंगलबार एक जना यूवाको हत्या भएको छ । दमक वडा नं. ३ स्थित मोरङ्गको मधुमल्ला जोड्ने पुल नजिकै जग्गा विवादको विषयमा झगडा हुँदा अन्दाजी ३५ बर्षीय देशु निरौलाको हत्या भएको हो । स्थानीय यूवाहरुबीच भएको झगडामा टाउकोको पछाडि भागमा ढुङ्गा प्रहारबाट घाइते भएका निरौलालाई दमक स्थित आम्दा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका छन् ।

जग्गा विवादमा भएको झगडामा को को थिए भन्ने विषयमा प्रहरीले खोजी कार्य तिव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । मृतकको लाश अस्पतालमा राखिएको छ । झगडाको कारण जग्गा मात्र नभइ अन्य कारण समेत हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन् । दमक वडा नं. ३ का अध्यक्ष नविन बरालका अनुसार पुल दक्षिण तर्फ रहेको क्रसर राखिएको जग्गा विवादमा झगडा भएको हो । तर कसले के भनेर झगडा भयो भन्ने विषयमा भने केही पनि खुल्न सकेको छैन ।

अाम्दा अस्पतालमा मृतक निराैला अाफन्तहरू पुगेर हत्याराकाे खाेजी गरी कडा कार्वाही गर्न माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post माल्दिभ्स विरुद्ध नेपालले गोलको वर्षाः ०–११ काे अन्तर