बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या

९ कार्तिक २०८१/डिकेश लामा

यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा परेका छन् । यो सिजनमा धमाधम कुरिलो बजार निकाल्ने वेला बोट मर्ने र सुक्ने कारणले उत्पादन शुन्यमा झरेको किसानले गुनासो पोेखेका छन् । झापाका विभिन्न पालिकामा व्यवसायिक रुपमा थालिएको कुरिलो खेतीले यो बर्ष घाटा व्यर्होनु पर्ने अवस्था सृजना भएको छ ।

झापाको दमक नगरपालिका दमक वडा नं. ३ का किसान चिरञ्जीवि घिमिरेले झण्डै ४ विगाह क्षेत्रमा कुरिलो खेती गर्दै आउनु भएको छ । गत बर्ष यो सिजनमा राम्रो उत्पादन हुँदै आएको कुरिलो यो बर्ष अधिक गर्मीसँगै आएको भारी बर्षाले उत्पादन हुन नसकेको उहाँले बताउनु भयो । घिमिरेका अनुसार अघिल्लो बर्ष यो वेला दैनिक ५० केजीसम्म उत्पादन भएको कुरिलो यो बर्ष शुन्य जतिकै भएको छ ।

अति पोषिलो औषधीय गुण हुने भए पछि खासगरी कुरिलोको माग ठूला शहरहरुमा बढ्दै गएको छ । गत बर्ष यो सिजनमा ५ सय रुपयाँ प्रति केजी विक्री हुँदै आएको कुरिलो उत्पादन घटेसँगै मुल्य भने बृद्धि भएको छ । यो बर्ष प्रति केजी ८ सम्म मुल्य पुगेको कुरियो अघिल्लो बर्ष ४ देखि ५ सय भन्दा मुल्य आउन सकेको थिएन । यो बर्ष उत्पादन घटे पछि मुल्य बढेको हो ।

कुरिलो खेती पछिल्लो झापामा विस्तार हुने क्रम बढेर गएको छ । थोरै भूभागमा राम्रो आम्दानीसँगै बजार समेत सुनिश्चित भएकाले खासगरी युवा पुस्ताहरु कुरिलो खेतीमा लागेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार यो बर्ष असोज महिनामा आएको भारी बर्षाले धान, तरकारी र अन्य बाली गरी ३ करोड मुल्य बराबरको क्षति भएको बताउनु भएको छ ।

कुरिलो बर्षातको सिजनमा धेरै उत्पादन हुने गर्दछ । तर यो बर्ष अधिक बर्षा र गर्मीका कारण तराई क्षेत्रका किसानहरुको कुरिलोको उत्पादन हुन नसकेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे