झापामा हर्षोल्लासका साथ शान्तिपुर्वक छठ सम्पन्न (भिडियाे/फाेटाे फिचर)

२३ कार्तिक २०८१/झापा
कोरोना कहर पछि झापामा बर्षेनी छठ पर्वको रौनक बढ्दै गएको छ । यस बर्ष जिल्लाका विभिन्न नदि तथा खोलाहरु सिंगारेर झकिझकाउ पारी छठ पर्वलाई विधिवतरुपमा सम्पन्न गरिएको छ । ठूला नदि तथा खोलामा हिजो देखि थालिएको पूजा रातभर जाग्रम बसी आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिएको हो ।
मुख्य ठूलो जमघट हुने क्षेत्रमा सुरक्षाकर्मी समेत परिचालन गरी शान्तिपुर्वक छठ पर्व सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भएको छ ।


जिल्लाको सवै भन्दा धेरै मेची नदिको भद्रपुर, कन्काइ, विरीङ्ग, रतुवा, मावा, कमल लगायत अन्य साना खोलामा समेत यस बर्ष हर्सोल्लासका साथ छठ पर्व मनाइएको छ । पछिल्लो समय मधेसी समूदायबाट अन्य जातजातिले समेत मनाउन थाले पछि छठ पूजा गर्नेहरुको संख्या बर्षेनी बढ्दै गएको पूजामा व्यवस्थापनमा सहयोग गर्दै आउनु भएका दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भिम पौडेलले बताउनु भयो ।


छठ पर्व पछिल्लो समय पहाडिया समूदायले समेत मनाउँन थाले पछि सामुदायिक सद्भाव थप बृद्धि भएको सामाजिक अगुवाहरुको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)
Next post कोसी प्रदेशका पूर्व मन्त्री अधिकारी नक्कली जापान काण्डमा पक्राउ