
नेपालको त्रिदेशीय फुटबलमा शानदार जीत

१६ चैत्र २०७७, काठमाडौँ – काठमाडौंकाे दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलमा त्रिदेशीय कप फुटबलमा नेपालले शानदार विजयी भएको छ । त्रीदेशीय खेलकाे याे जीत ३७ बर्ष पछि प्राप्त भएकाे हाे ।
नेपालले बंगलादेश विरुद्ध २–१ गोलले जितेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको थियाे । यस्तै खेलकाे मध्यान्तर अघि नै नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे । मध्यान्तर पछि भइरहेको खेलको ८२ औं मिनेटमा बंगलादेशका १० नम्बरका खेलाडीले गोल गरेका हुन् । मध्यान्तर अघि नेपालले दुई गोल गरेको थियो । खेलको ४१ औं मिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले सुन्दर गोल गरेका थिए भने खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए ।

नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।