तीन जिल्लाका ३० वटा पालिकामा अपाङ्गता भएकालाई मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै समस्या पहिचान गरिने
२८ कात्तिक २०८१, झापा– झापा लगायतका ३ वटा जिल्लाका ३० वटा पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि विभिन्न कार्यक्रम संचालनमा आएको छ ।
प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा आएको हो । करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फाण्डेशनका कार्यक्रम व्यवस्थापक कमल कोइरालाले तीन वर्षे कार्ययोजना बनाएर झापाका १५ वटै पालिकासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयाे ।
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री वितरण, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण लगायतका कार्यक्रम गरिने बताइएकाे छ ।
कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य मदन बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेलले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
नवजात शिशु तथा १० बर्षमुनीका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएकाे बताइएकाे छ ।
झापा, तेह्रथुम र ताप्लेजुङ जिल्लाका सवै ३० वटै पालिकामा संचालित याे कार्यक्रमले अावश्यकताका अाधारमा अपाङ्गता भएका व्यक्तिकाे जिविकाेपार्जनमा समेत सहयाेग गरिने बताइएकाे छ।