लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

२ पुस २०८१, काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पुस ५ मा सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उहाँलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उहाँविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

लामिछाने कार्तिक २ गते  वनस्थलीबाट पक्राउ पर्नुभएको थियो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा रहेका छन् । यता रास्वपाका नेताहरूले भने लामिछानेलाइ प्रतिशाेधका खातिर मुद्धा मालिमा अल्झाएकाे बताउँदै आएकाे  छ । यस्तै केही अन्य दलका उच्च नेतृत्वले समेत रविकाे अनुसन्धान प्रतिशाेधकै कारण नै भएकाे दावी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
Next post लडेकाे धान काट्ने  चेन मेशिनले किसानलाई सहज