खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)

६ पुस २०८१,झापा
धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट  एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य खनजाेत खेती प्रणाली हाे । अर्थात नखनीकनै मकै वा गहुँ राेप्ने तरिकालाइ शून्य खनजाेत खेती प्रणाली भनिन्छ । पछिल्लाे समय  विना खनजोत प्रविधि झापामा प्रभावकारी बन्दै गएको छ । यो प्रविधिले उत्पादन लागत कम हुने भएकोले यस बर्ष झापाका किसानहरुले धान काटेको स्थानमा सिधै मकै रोप्ने कार्य गरेका छन् ।  खनजोत नै नगरी खेती गर्न मिल्छ भन्दा शुरुमा किसानहरुले पत्याएका थिएनन् । तर गहुँ र मकै खेती विना खोज प्रविधिबाट राम्रो उत्पादन भए पछि पछिल्लो समय किसानले यस प्रविधिमा खेती गर्न थालेको मकै जोन समन्वय समितिका पूर्व अध्यक्ष खगेन्द्र सिलवालले बताउनु भयो । सिलवालका अनुसार याे प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै माटाेकाे उर्वर शक्ति समेत क्षय नहुने बताउनु भयाे ।
धान काटेको जमिनमा खनजोत नगरी मकै रोप्ने कार्याक्रम यस बर्ष कृषि ज्ञान केन्द्रले थप विस्तार गरेको छ ।  विर्तामोड, कचनकवल र बाह्रदशी गाउँपालिकामा यो बर्ष विना खनजोत प्रविधिमा उन्नत स्वदेशी जातको मकै रोप्ने काम भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनु भयाे  । विष्टका अनुसार यसरी खेती गर्दा सवै भन्दा ठूलाे फाइदा भनेकाे किसानकाे लागत कम हुनु हाे भने माटाेकाे स्वास्थ्य समेत सुधार हुने गर्दछ ।
पछिल्लो समय स्वदेशी उन्नत विऊ राम्रो उत्पादन भएको झापा गाउँपालिका वडा नं. ३ का अगुवा किसान रामप्रसाद उप्रेतीले बताउनु भयो । उप्रतीका अनुसार नेपालकाे रामपुर जातकाे उन्नत विउ राम्राे उत्पादन भएकाे छ । भारतबाट ल्याइएका विउहरू भने कतै थाेताे फल्ने र उत्पादन कम हुने समस्या थियाे । रामपुर मकै प्रति विगाह ८० मनसम्म उत्पादन भएकाे उहाँले बताउनु भयाे ।
माटो नखनी खेती गर्दा माटोको गुणस्तर बृद्धिमा समेत टेवा पुग्ने हुन्छ । विना खनजोत प्रविधिमा राम्रो उत्पादन भएकाले खेती गर्ने चलन बढ्दै गएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना कार्यन्वयन इकाइ संचालन भए पछि जिल्लामा नयाँ प्रविधिमा खेती गर्ने चलन बढ्दै गएको छ । परियोजना संचालन भएको ८ बर्षमा जिल्लामा नयाँ प्रविधि र उन्नत जातमा खेती गर्ने चलन बढेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)