दमक अस्पतालमा जिन एक्सपोर्ट सेवा शुरु


३० चैत्र २०७७,झापा
झापाको दमक अस्पतालमा आज देखि राष्ट्रिय क्षयरोग कार्याक्रम अन्तर्गत जिन एक्सपोर्ट सेवा सुचारु गरिएको छ । आज अस्पतालमा एक कार्याक्रम गरी क्षयरोग पहिचानमा सहजता ल्याउन प्रदेश तथा संघबाट आउनु भएका यस सम्बन्धीका विज्ञले तालिम सहित प्रविधि हस्तान्तरण गरेर सेवा संचालनमा ल्याइएको हो । कार्याक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका ल्याव टेक्नोलोजिष्ट पदमनाथ घिमिरे, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक माइक्रोवायोलोजिष्ट जयवेन्द्र यादबले यसको उपयोगिता र प्रयोगबारे जानकारी दिनु भएको छ ।


यस अघि माइक्रोस्कोपबाट लामो समय र धेरै खर्च लगाएर क्षयरोग जाँच गर्नु पर्ने समस्यालाई यो आधुनिक मेशीन जडानले सहज हुने कार्याक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।
मेशीन खरिद र जडान सहित प्रदेश सरकारको ५० लाख हाराहारीमा खर्च भएको दमक अस्पतालले जानकारी दिएको छ । अस्पतालमा विरामीको चाप प्रदेशमै सवैभन्दा धेरै रहेकोले यो मेशिन र सेवा सुचारु गरिएको बताइएको छ । अस्पतालमा हाल दैनिक सरदर ५ सय ५० जना विरामीहरु आउने गरेको अस्पतालले जानकारी दिएको छ । पछिल्लो समय क्षयरोग पहिचानको संख्या कोरोनाका कारण घटेकोले यो सेवाले धेरै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा हटाइएकाे मानिस वास्तविक सुकुम्बासी हाेइनन्ः मेयर ओली
Next post नेपालमा आज ५५९ जना संक्रमित थपिएः १३ जनाकाे मृत्यु