DCIM100MEDIADJI_0754.JPG
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? 
२३  फाल्गुन २०८१/डिकेश लामा
नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको केचनाको विकासको उचाई भने बढ्न सकेको छैन । संघीयता आएसँगै केही पूर्वाधार निर्माणको काम भए पनि पहुँच सडक समेत बन्न नसक्दा पर्यटकको रोजाइमा केचना पर्न सकेको छैन । 
 
जनतासँग माओवादी तराइ मधेस जागरण अभियानको शुरुवात पनि नेपालको होचो भुभागबाट हालै आएर शुरु गरियो । केही समय अगाडि नेपाली काँग्रेशले पनि त्यही क्षेत्रबाट जनजागरण अभियान थालेको थियो । दलहरुले अभियान थाल्दा रोजाईमा पर्ने नेपालको होचो भूभाग केचनाको विकासको उचाइ भने बढ्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।  स्थानीय बासिन्दा आमबाबुलाल गणेशका अनुसार देशमा संघीयता आएकाे लामाे समय वितिसक्दा समेत धेरै संभवना बाेकेकाे नेपालकै हाेचाे भूभागकाे विकासकाे उचाइ भने बढ्न सकेकाे छैन ।

यस्तै अर्का स्थानीय बासिन्दा राजेन्द्रलाल गणेशका अनुसार केही घेराबारा, स्तम्भ राख्ने काम भए पनि भनेकाे जस्ताे विकास भने भएकाे छैन । जसले गर्दा पर्यटककाे आगमन पनि खासै नहुने गरेकाे उहाँले बताउनु भयाे ।

झापाको सदरमुकाम चन्द्रगढीबाट झण्डै ३० किलो मिटर दक्षिणमा रहेको केचना पर्यटनको ठूलो संभवना बोकेको क्षेत्र हो । अभियानमा होस् या अन्य गतिविधिमा त्यस क्षेत्रमा पुगको नेताहरुले भने त्यस क्षेत्रको विकासमा जोड दिने बताउँदै आएका छन् । फाल्गुन ११ गते देखि शुरू भएकाे नेकपा माओवादी केन्द्रकाे जनतासँग माओवादी जनजागरण अभियानमा पुष्पकमल दाहाल प्रचण्डले नेपालकाे झण्डाेतलन गर्दै साे क्षेत्रकाे विकासमा सदनमा समेत कुरा राखेर पहल गर्ने बताउनु भएकाे छ ।

त्यस भन्दा केही समय अगाडि नेपाली काँग्रेशका नेता कृष्णप्रसाद सिटाैलाले समेत विकासका लागि संघीयता आवश्यक भएकाे र साे क्षेत्रकाे विकास सरकारले जाेड दिने आश्वासन दिनु भएकाे छ  ।

नेपालको सवै भन्दा होचो भूभाग केचनाको पर्यटकीय क्षेत्रकाे विकासमा स्थानीय नेता देखि केन्द्रिय नेताले समेत धेरै भाषाण र आश्वासन भने दिएकाे स्थानीयकाे भनाइ छ। संघीयता पछि केही पूर्वाधारको काम भए पनि उल्लेख्य मात्रमा काम हुन नसकेकाले भारतीय सिमा नजिकै भएर पनि पर्यटककाे राेजाइ बन्न सकेकाे छैन ।

See Nepal Television story  too.

Leave a Reply

Your email address will not be published. Required fields are marked *