२८ फाल्गुण २०८१/डिकेश लामा
पटक पटक म्याद र रकम थप हुँदा समेत सडक बन्न नसके पछि एक बर्ष अघि ठेक्का तोडिएसँगै सडकको काम पूर्णरुपमा रोएिको छ । काम रोकिए पछि बनेका संरचना समेत भत्किन थालेकाे स्थानीय बासिन्दा पूर्ण याेङहाङले बताउनु भयाे । उहाँका अनुसार बनाउन छाडिएकाे २ बर्ष यता बनाइका सडक किनाराका पेटी र पर्खाल समेत भत्कन थालेका छन् । भत्किन थाले पछि गाडीवाल अाफैले बनाएर हिड्नु पर्ने बाध्यता रहेकाे छ ।
यतिकै नबनाउने भने बर्खामा गाडी चल्न समस्या हुने देखिएकाे छ ।१ अर्व ३५ करोड रुपयाँ बजेटमा ३ प्याकेजमा लागेको ३७ किलोमिटर सडकको दुई वटा मुख्य ठूला प्याकेजको ठेक्का तोडिए पछि निर्माण कम्पनि लुम्बिनी गणपति जेभीले सडक डिभिजन कार्यलय दमक विरुद्ध मुद्धा जाहेर गरेको छ । मुद्धाको फैसला नभइ अर्को ठेक्का मार्फत काम गर्न सक्ने आधार नै नभएको ठेक्का दिने संघीय कार्यालय सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादबले बताउनु भयो । यादबका अनुसार सडक निर्माणकाे नयाँ प्रकृयाका लागि माथिल्लाे निकायमा लेखेर पठाए पनि कुनै जवाफ प्राप्त भएकाे छैन । सरकारकाे माथिल्लाे निकायले तत्काल काम सुचारू नगरे थप समस्या अाउने देखिएकाे छ ।

दमक रवि चिसा पानी सडक विक्रम सम्बत् २०५० साल देखि नै निर्माण थालिएको हो । काम रोकिए पछि निर्माण भएका करोडौं रुपयाँको संरचना समेत क्षति हुँदै गएकाले सरकारले तत्काल काम गराउने वातावरण बनाउन स्थानीय बासिन्दाले माग गरेका छन् ।
