विचल्नीमा परेका सुकुम्बासीलाई व्यवस्थापन गर्न माग


नगरको निर्णयसँग सुकुम्बासी असहमत


३१ चैत्र २०७७, डिकेश लामा
झापाको दमकमा ४ दिन अघि डोजर लगाएर घर भत्काए पछि विचल्नीमा परेका सुकुम्बासीले आज दमक नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । झण्डै २ दर्जन परिवारको घर भत्काए पछि उचित क्षतिपूर्ती सहित घर पुर्निमाणको माग राखेका छन् । दमक बजारमा सुकुम्बासी बस्तीमा डोजर चलाएर विचल्नी पारेको विरोध गर्दै नारा जुलुस सहित दमक नगर पालिकाका प्रमुख रोमनाथ ओलीलाई अखिल नेपाल सुकुम्बासी संघ दमक नगर कमिटिले ज्ञापन पत्र बुझाएको छ । सुकुम्बासीको मागबारे आगामी ७ गते हुने नगरको कार्यपालिकाको वैठकमा कुरा राख्ने प्रमुख ओलीले बताउनु भयो ।


यस्तै आजै दमक नगरको सुकुम्बासीको अवस्था बुझ्न प्रदेश सरकारको सामाजिक विकास समितिको टोलीले स्थलगत अवस्थाबारे जानकारी लिएको छ । केही दिन देखि खुल्ला आकाशमुनी रात विताउन बाध्य पारिएका केही परिवारको अवस्था देखेर तत्काल मानवीय सहयोग र राज्यले ग्यारेन्टी गरेको मौलिक र मानव अधिकारको रक्षा गर्नु पर्ने अवस्था रहेको समितिका सभापति प्रदेशसभा सांसद सरीता थापाले बताउनु भयो ।

नगरपालिकाका प्रमुख ओलीसँगको भेटघाटमा भोट माग्दा जनप्रतिनिधि र नेतृत्वले गरेका बाचा अनि राज्यले प्रदान गरेको मौलिक अधिकारको सम्मान गर्नु पर्ने सवैको दायित्व भएको बताइएको छ । कार्याक्रममा समिति सदस्य झलकसिंह दर्लामी मगर, केदार कार्कीले मानव अधिकार र बसोवासको ग्यारेन्टी गर्न लाग्नु पर्नेमा जोड दिनु भएको छ ।


यस्तै यता विचल्नीमा परेकालाई तत्काल डेरामा राख्ने या नयाँ बस्तीमा लाने भने पनि नमाएको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भिम पौडेलले बताउनु भयो । यता विचल्नीमा परेका परिवारले जसरी भए पनि आफूहरु बसेको स्थान या धनीपूर्जा सहितको अर्को जग्गामा घरको व्यवस्थापन गर्न माग गर्दै आएका छन् । तर नगरपालिकाले भने नमूना बस्तीमा बस्न दिने घरको धनीपूर्जा नदिने गरेकाले जिन्दगीभरी सुकुम्बासीको सुकुम्बासी हुनु पर्ने अवस्था सृजना गरेको पीडितहरुले गुनासो पोखेका छन् । घर भत्काइएका मध्ये सवै भन्दा धेरे पञ्चमुखी टोलका परिवारलाई समस्या भएको र उनीहरु खुल्ला आकाशमुनीको बासमा बस्न बाध्य हुनु परेको पीडितले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५५९ जना संक्रमित थपिएः १३ जनाकाे मृत्यु
Next post नेपालमा आज ५१७ संक्रमितः ५ जनाकाे मृत्यु