DCIM101MEDIADJI_0097.JPG

१७ वैशाख २०८२/डिकेश लामा
झापाको गौरादह, दमक र कमलको सिमाना क्षेत्रको २ हजार २ सय विगाह क्षेत्रमा बनाइने भनिएको नेपालकै ठूलो औधोगिक पार्कको जग्गा अतिक्रमणमा परेको छ । भारतीय नागरिकले ठूलो क्षेत्रमा मकै खेती लगाउँदै आएको भए पनि सरोकारवाला निकायले रोक्ने कार्य प्रति चासो दिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल फाल्गुन १६ गते भव्य कार्याक्रमबीच नेपाल चीनमैत्री औधोगिक पार्कको सिल्यान्यास गर्नु भयो । तर अहिले सरकारले झण्डै सवा अर्व रकम मुआब्जा दिएर घेराबन्दी गरिएको जमिनमा भारतीय नागरिकले मकै खेती गर्दै आएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार भारतीय नागरिक आएर सरकारी जग्गामा गौरादहको मात्र २ सय विगाह भन्दा धेरै जमिनमा मकै खेती गरिएको छ । सरकारी जग्गामा मकै खेती गर्दा जग्गा अतिक्रमण भएसँगै खोजाको बगर क्षेत्रमा खनजोत गर्दा खोलाको बाढी गाउँ पस्ने खतरा रहेको उहाँले बताउनु भयो ।

पार्क क्षेत्रमा लगाइएकाे मकै खेती 

कमल र गौरादह क्षेत्रमा सयौं विगाह जमिनमा मकै खेती लगाइएको छ । भारतीय नागरिकले आएर पार्कको जमिनमा कसरी खेती गर्यो भन्ने विषयमा स्थानीय बासिन्दा नै छक्क परेका छन् । स्थानीय बासिन्दा अनिरुद्र गौतम्का अनुसार मकै रोप्ने वेलामा एकै चोटी ५० देखि ६० जनाको संख्यामा भारतीय आएर रोप्ने गरेका छन् । मलको अभाव भएर किसानले भारतीय मल प्रयोग गर्दै आएको भए पनि अतिक्रमित क्षेत्रमा खेती गर्ने भारतीयले भने नेपालकै मल लगाएको बताउनु भयो । उहाँका अनुसार गाउँका नेता देखि केही अगुवा भनाउँदाहरुको मिलेमतोमा कमाउने ध्येयले भारतीयलाई खेती गर्न लगाएको उहाँले आरोप लगाउनु भयो । उहाँका अनुसार प्रति विगाह ५० मन मकै खेती गर्न लगाउनेलाई दिनु पर्ने खेतीमा काम गर्दै आएका भारतीय किसानले बताएका छन् ।

पार्क क्षेत्रमा लगाइएकाे मकै खेती

यस्तै डिमौठा टोल विकास संस्थाका सचिव अम्बिका चेम्जोङका अनुसार गत बर्ष नै मकै खेती गर्दा नै रोक्न खोज्दा आफ्नो आवाजलाई कसैले नसुनि उल्टै खेती गर्न सहयोग गरेका थिए । मलको चरम अभाव भइरहेको भइरहेको वेला उनीहरुले सहजै मल र विऊ पाएकाले खेतीमा ठूलै मान्छेको हात भएको उहाँले बताउनु भयो ।

बुधबार स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षाकर्मी सहितको टोलीले अतिक्रमित क्षेत्रको अनुगमन गरेका छन् । पार्कको जग्गामा के भएको भन्ने विषयमा अनुगमनमा देखिएको कुरा लेखेर पठाइने र कार्वाही प्रकृया माथिबाटै हुने इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख शिवप्रसाद सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार अनुगमनमा हेर्दा धेरै क्षेत्रमा खेती भएको र विवरण लेखेर जिल्ला प्रसाशन कार्यालय झापामा पठाउने र के कार्वाही गर्ने भन्ने कुरा माथिबाटै हुने उहाँले बताउनु भयो ।

पार्क क्षेत्रमा लगाइएकाे मकै खेती

झापाको दमक, कमल र गौरादहको सिमा क्षेत्रमा नेपाल चीनमैत्री औधोगिक पार्क बनाउने भनी २०७२ साल चैत्र १ गते मन्त्रिपरिषदले निर्णय गर्यो । त्यस पछि जग्गा अधिग्रहरण गर्न सरकारले झण्डै सवा अर्व रुपयाँ विरतरण गरिसकेको छ । चैत्र महिनासम्म ५ सय ६४ विगाह जग्गाको १ अर्व १८ करोड ८२ लाख ९२ हजार ७ सय ७६ रुपयाँ रकम वितरण भईसकेको औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यालय धरान र दमकका प्रमुख जिव नारायण बञ्जारेले जानकारी दिनु भयो । जञ्जारेका अनुसार मकै खेती स्थानीयले नै गरेको र हटाउने तयारी भएको बताउनु भयो ।

यता स्थानीय बासिन्दा भने सिल्यान्यास गरेको ५ बर्ष भइसक्दा समेत कुनै काम नभएकाले औधोगिक पार्क चुनावी नाराका लागि मात्र ल्याएको भन्दै निराश बनेका छन् । नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तत्काल प्रधानमन्त्री भएकै समयमा थालिएको नेपालकै सवै भन्दा ठूलो उद्योग धन्दाको पार्क बनाउने भनेर ल्याइएको योजनाले हालसम्म पूर्वाधार निर्माण तर्फ सिल्यान्यास बाहेक केही काम हुन सकेको छैन ।
सिल्यान्यास गरेको क्षेत्र समेत भत्किने अवस्थामा पुग्दा समेत उद्योगका लागि पूर्वाधार निर्माण नभएकाले सरकारको ठूलो रकम त्यतिकै खेर जाने होकि भन्ने आशंका स्थानीय बासिन्दाले गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *