१८ वैशाख २०८२/उदयपुर
झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज  उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका कर्मचारीको ज्यान गएको छ । यस्तै दुघर्टनमा परेको गाडीमा सवार वडा अध्यक्ष सहित अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दमक नगर पालिका वडा नं. ३ घर भई दमक नगरपालिकामा कानुन अधिकृतको रुपमा कार्यरत कर्मचारी माधव बस्नेतको ज्यान गएको छ । प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचार पछि घाइतेहरुको थप उपचारका लागि विराटनगर अस्पताल रेफर गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले बताउनु भयो ।


प्रजिअ लुईंटेलका अनुसार दमक वडा नं. १० का अध्यक्ष राजेन्द्र भण्डारीको अवस्था केही जटिल भए पनि अन्य ४ जनाको अवस्था भने खतरामुक्त रहेको बताइएको छ । अन्य घाइते हुनेमा नविन खतिवडा, भुवन दाहाल, कमल श्रेष्ठ, ज्ञानेन्द्र गाैतम् रहेका छन् । गत बैशाख १२ गते शुक्रबारका दिन स्थानीय तहको न्यायिक सम्पादनको विषयमा पालिका स्तरको अवलोकन भ्रमणमा गएको मे १ च ३०४० को स्कारपियो गाडी आफै अनियन्त्रित भइ मदन भण्डारी राजमार्ग अन्तर्गत कटारी नगरपालिका ६ को सोमबारे भन्ने स्थानमा दुघर्टना भएको उदयपुर जिल्लाका प्रहरी नायव उपरिक्षक कमल बजगाँईले फोनमा जानकारी दिनु भयो ।

विहीबार अपरान्ह सवा ४ बजे तिर भएको दुघर्टनाका चालक बाहेक अन्य घाइते भएको उहाँले बताउनु भयो । चालक देवेन्द्र तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *