१७ वैशाख २०८२, काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको बार्तामा शिक्षकहरुले उठाउँदै आएका माग संवोधनका विषयमा सहमति बनेको मन्त्रालयमा मन्त्रालयले जानकारी दिएकाे छ ।

शिक्षकका मागहरुलाइ पहिलो चरण र दोस्रो चरणमा गरी सम्बोधन गरिने छ । पहिलो चरणमा सम्बोधन गर्ने मागहरुलाई  आजै मन्त्रीपरिषद बैठकबाट निर्णय गरिएसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगनको घोषणा गर्ने बताइएको छ ।

‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गरिएकाे छ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । जनु फाेटाेमा जस्ताकाे तस्तै राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *