१०  माघ २०८२/झापा 
झापाको दमकका तामाङ जातिले आज देखि आफ्नै जमिनमा पर्व तथा सँस्कृति मनाउन शुरु गरेका छन् । दमक वडा नं. १ मा २ कठ्ठा खरिद र केही जग्गा दानबाट प्राप्त गरे पछि यो बर्षको सोनाम ल्होछार कार्याक्रम सामुहिकरुपमा मनाएर तामाङको साँस्कृतिक थलोको उद्घाटन गरिएको हो ।
यस बर्ष माघ ५ गते परेको सोनाम ल्होछार जिल्लामा फरक फरक समयमा मनाइएको छ । दमक नगरका झण्डै ५ हजार हाराहारीमा रहेका तामाङ जातिले पनि दमकमा पहिलो पटक आफ्नै जमिनमा नयाँ साललाई स्वागत गर्न पाउँदा खुशी बनेका छन् ।


निरंकुश राज्य व्यवस्था हुँदा जातिय सँस्कृति र पर्व मनाउनबाट बन्चित विभिन्न जातजातिले पर्वलाई व्यापक बनाउन एकजुट हुँदै गएको तामाङ जातिका अगुवाहरुले बताएका छन् । कार्याक्रममा जग्गा दान गर्ने लालबहादुर घिसिङ तामाङ तथा सँस्कृति संरक्षणमा योगदान दिनेलाई समितिका अध्यक्ष दुर्गा तामाङ र घेदुङ समितिले सम्मान समेत गरेको छ ।


कार्यक्रममा तामाङका अगुवा प्रतिमान घिसिङ, तामाङ जातिबाट यो पटक क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ उम्मेद्वार बनेका नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङ र श्रम सँस्कृति पार्टीका समीर तामाङले ल्होछारको शुभकामना व्यक्त गरेका छन् ।

ल्होछार खासगरी हिमाली जिल्लामा बसोवास गर्ने शेर्पा, जिरेल, गुरुङ, वालुङ, ह्योल्मो, तामाङ लगायतका २ दर्जन बढी जातिहरुले मनाउने गर्दछन् । ल्होसारमा ठूलोबाट आर्शिवाद लिने, जातिय परिकारहरु बनाएर खाने र भाषाभाषीका गीत तथा नृत्यमा रमाउने गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *