३१ जेष्ठ २०८२, मधुमल्ला, माेरङ
झापाको कमलमा रहेको प्रार्देशिक आयुर्वेद अस्पतालले गाँउ गाउँसम्म सेवा विस्तार गर्न निशुल्क शिविरलाई जोड दिँदै आएको छ । आयुर्वेक सेवा विस्तार र यस प्रति विरामीलाई विश्वस्त पार्न आज मोरङ्गको मधुमल्ला अस्पतालमा निशुल्क शिविर संचालन गरिएको छ ।


शिविर संचालनको उद्घाटन कार्याक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख तथा अस्पतालका अध्यक्ष विश्वनाथ बरालले भौतिक पूर्वाधार भन्दा पनि अव स्थानीय सरकारले मानवीय विकास ध्यान दिनु पर्ने बताउनु भएको छ । बरालका अनुसार दक्ष र स्वास्थ्य जनशक्ति उत्पादन भएमा भौतिक विकास भने आफै पनि हुने बताउनु भयो ।
अस्पताल भन्दा टाडा रहेका जनतालाई निशुल्क शिविर संचालन गर्दा आयुर्वेदिक उपचार विधि र यसको प्रभावकारिताबाट विरामीलाई थप सेवा दिन यो बर्ष अस्पतालले विभिन्न ३ स्थानमा शिविर संचालन गरेको अस्पतालका निमित्त प्रमुख डा. सिद्धार्थ ठाकुरले बताउनु भयो ।


मधुमल्ला अस्पतालमा आज गरिएको शिविरमा ल्याब, पंचकर्म, इसिजी, फिजोयो थेरापी र औषधी समेत निशुल्क प्रदान गरिएको छ । ४ जना विशेषज्ञ डाक्टर सहित ३० जना टीमले संचालन गरेको शिविरमा २ सय ६५ जनाले सेवा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *