१८ वैशाख २०८२, झापा– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे-तराई जनजागरण अभियान सञ्चालन गरेको छ। वैशाख १७ गते बिहिबारको दिन झापाको शिवसताक्षि नगरपालिका वार्ड नं १ को धरमपुर बजारमा अभियान कार्यक्रम जनसांस्कृतिक महासंघका कलाकारहरूले विभिन्न किसिमका नृत्य, गीत-संगीत तथा नाटक कलाका रूपमा प्रस्तुति गरेर विभिन्न कार्यक्रम गरी अभियानकाे शुरूवात गरेका हुन्।
जनतामा जनजागरण ल्याउँदै यो व्यवस्था रक्षा, समृद्धिसँगसँगै जनजीविकामा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयहरूमा समेटिएर यो अभियानकाे थालनी गरिएकाे हाे । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवसताक्षि नगरकाे संयोजनमा भएकाे कार्यक्रममा धेरै कलाकर्मीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका छन्।
कार्यक्रममा जनसांस्कृतिक महासंघको तर्फबाट चर्चित जनवादि गायक झङ्कार बुढा मगर लगायत स्थानीय कलाकारले कविता, गीत-संगित, नृत्य तथा प्रहसन प्रर्दशन गरी जनचेतना जागृति गरेका छन् । यस्तै कार्यक्रममा लामो समय देखि कला र संस्कृतिको क्षेत्रमा निरनतर योगदान गर्नु हुने शिवसताक्षिमा रहेका १५ श्रष्टाहरुलाई सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ।
सम्मानित हुनेहरूमा नवीन ससब्बा, सुरेश राई, रामलाल रसाईली, मदन बिष्ट, कल्पना बुढाथोकी, सावित्रा रसाईली, महेन्द्र सम्बाहाम्फे, प्रेम कुमार राई, बबिता महतरा, दिनेश रसाईली, अर्जुन कुमार राई, विराट किराँती, झंकार बुढा मगर रहेका छन् ।
कार्यक्रमको औपचारिक सत्रमा कार्यक्रमलाई स्वागत मन्तव्यद्वारा सम्बोधन शिवसताक्षि नगर समितिका अध्यक्ष दुर्गा नेम्बाङले गर्नु भएको थियो। सम्मान कार्यक्रम नगरका पुर्व अध्यक्ष महेन्द्र भट्टराईले संचालन गरेका थिए भने कार्यक्रमको औचित्य माथि प्रदेश न: १ का उपाध्यक्ष शिव डागीले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथिका रुपमा पुर्व प्रदेश मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य झलक सिंह दर्लामीले अव देश विकासका लागि तल्लाे तह देखि जनताहरू एकजुट भएर समाजबादी क्रान्ति गर्नु पर्ने अावश्यकता रहेकाे बताउनु भयाे । यसै गरी कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य रन्जित तामाङ , प्रदेश कमिटी सदस्यहरु कल्पना कार्की, राम ब राई , वीरेन्द्र कुमार याक्थुम्बा सुबास, बेदु गौतम, जिल्ला कमिटिका सदस्यहरु लगायत स्थानीय छिमेकी पालिकाका नेतृत्वहरूको उपस्थिति रहेको थियो ।
जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अनुषा साम्पाङ राई केन्द्रीय सचिवालय सदस्य राकेश किराती, केन्द्रीय सदस्य तथा प्राज्ञ सुमित्रा वाङदेल चेली , प्राज्ञ हरिप्रसाद पौडेल , जनसांस्कृतिक महासङ्घ प्रदेश न:१ का अध्यक्ष चेतनाथ धमला, उपाध्यक्ष जाइका राई, सचिव राजन आचार्य, जनसांस्कृतिक महासंघ झापा जिल्लाका अध्यक्ष राजन चापागाई, उपाध्यक्ष बन्दना नेम्बाङ, सचिव शिव मुर्म लगायत उपस्थिति रहेको थियो ।

झण्डै ४ सय जनसहभागिता रहेकाे खुल्ला मैदानमा भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश समितिका उपाध्यक्ष कमरेड विजय साम्पाङले सञ्चालन गर्नुभएको थियो।
